Premier Cables
Premier Steel

समाचार

आज ३२औँ विश्व आदिवासी दिवस: पहिचान र अधिकारमा जोड

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | बिहान ९:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षणका साथै उनीहरूका समस्याबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व आदिवासी दिवस मनाइँदै छ। यसै अवसरमा कोशी प्रदेशका मुख्यमन्त्रीले समेत शुभकामना व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ अगस्ट ९ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेकाले सोही दिनको सम्झनामा यो दिवस तय गरिएको हो।

बिज्ञापन

संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार विश्वका ९० भन्दा बढी देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्।

उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम रहे पनि विश्वका सर्वाधिक गरिबमध्ये कम्तीमा १५ प्रतिशत हिस्सा यही समुदायको छ। उनीहरूले विश्वमा बोलिने अनुमानित ७ हजार भाषामध्ये ठूलो हिस्सा बोल्छन् भने करिब ५ हजार फरक संस्कृतिको प्रतिनिधित्व गर्छन्।

आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा र प्रकृतिसँगको सम्बन्धबारे परम्परागत ज्ञानलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्, जुन बहुसङ्ख्यक समुदायभन्दा पृथक छ।

यस दिवसले आदिवासी जनजातिको अधिकार, भाषा र प्राकृतिक स्रोतमाथिको पहुँच संरक्षणका साथै नीति निर्माणमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तरराष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्दछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa