Premier Cables
Premier Steel

अर्थ राष्ट्रिय

सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | बिहान ११:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं | अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन महिनादेखि लागू हुने गरी नयाँ तलब, ग्रेड, प्राविधिक ग्रेड तथा प्रोत्साहन भत्ताको व्यवस्था कार्यान्वयनमा आएको हो।

सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि तथा बढेको तलबमानको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले बुधबार सम्बन्धित सरकारी निकायलाई परिपत्र गर्दै नयाँ तलबमानबारे जानकारी गराएको हो।

बिज्ञापन

नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले (निवृत्तिभरण प्रयोजनका लागि) अनुसूची–१ देखि ८ सम्म उल्लेखित नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम तथा संशोधित तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन्।

अर्थ मन्त्रालयका अनुसार मुख्य सचिवको प्रारम्भिक तलब ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ। त्यस्तै राजपत्रांकित विशिष्ट श्रेणीको ७९ हजार २९० रुपैयाँ, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को ६६ हजार ५३९ रुपैयाँ, राजपत्रांकित प्रथम श्रेणीको ६२ हजार ४६६ रुपैयाँ, द्वितीय श्रेणीको ५३ हजार ६११ रुपैयाँ र तृतीय श्रेणीको ४८ हजार ५८ रुपैयाँ तलब निर्धारण गरिएको छ।

यस्तै, राजपत्र अनंकित प्रथम अतिरिक्त (पेन्सन प्रयोजन)को ४१ हजार ५१७ रुपैयाँ, राजपत्र अनंकित प्रथमको ३८ हजार २०३ रुपैयाँ, राजपत्र अनंकित द्वितीय अतिरिक्त (पेन्सन प्रयोजन)को ३७ हजार ४०७ रुपैयाँ, राजपत्र अनंकित द्वितीयको ३६ हजार १९२ रुपैयाँ, राजपत्र अनंकित तृतीयको ३० हजार ३७३ रुपैयाँ र राजपत्र अनंकित चतुर्थको २८ हजार ६९० रुपैयाँ प्रारम्भिक तलब कायम गरिएको मन्त्रालयले जनाएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa