Premier Cables

अर्थ

कुन बस्तुको पैठारीमा शून्य भन्सार महसुल ? ५० प्रतिशतसम्म छुट पाउने कुन कुन ?

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | साँझ ७:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले बजेटमार्फत पूर्ण र आंशिक भन्सार महसुल छुट हुने प्रबन्ध समेत गरेको छ ।

नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा स्वदेशी मुद्रण (प्रेस) उद्योगले पैठारी गर्ने मसिमा लाग्ने महसुलमा पचास प्रतिशत, ट्रेकिङ एजेनसीले क्याइम्बिङ रोप, यसमा प्रयोग हुने वस्तु, विशेष प्रकारको क्रोकारी, रुकस्याक, क्याम्पटन र पिटन पहिलो पटक प्रठारी गर्दा पाँच प्रतिशत मात्र भन्सार महसुल लाग्ने, र्फाटिङ व्यवसायीले एक सय थान हेलमेट र वाटरप्रुफ क्यामेरा पैठारी गर्दा पाँच प्रतिशत भन्सार शुल्क, नेपालमा छायांकन गरिएको फिल्म डेभलप गर्न वा प्रशोधन गर्न वा प्रशोधन गर्न भन्सार महसुल नलिई पैठारी गर्न दिइने, विदेशी चलचित्र नेपालमा प्रदर्शन गर्दा एक प्रतिशत शुल्क लाग्ने छ ।

विज्ञापन

तारे होटलले लक्जरी कोच माइक्रोबस र मिनिबस मध्ये दुई थानमा पचास प्रतिशत भन्सार महसुल छुट पाउने छन् । तर, ती साधन दश वर्षसम्म निजी सवारी साधनमा नामसारी गर्न पाइने छैन । तारे होटलले महसुल दरका विभिन्न उपशीर्षकमा उल्लेख भएअनुसार फर्निचर, रङ, कार्पेट, काँच र काँचका सामान, इलेक्ट्रीक इन्सटलेसनको उपशीर्षकमा पर्ने ड्राइक्लिनिङ मेसिन ल्याउँदा पचास प्रतिशत भन्सार महसुल तिरे हुनेछ ।

मुनाफा नगर्ने अस्पतालले माइक्रोबस र मिनिबस ल्याउँदा पचास प्रतिशतसम्म भन्सारर छुट पाउने छन् । चलचित्र धुलाई गर्ने, ध्वनि भर्ने वा निर्माण गर्ने उद्देश्यले दर्ता भएका उद्योग वा कम्पनीले वस्तु र चलचित्र प्रदर्शन गर्ने उद्देश्यले दर्ता भएका उद्योग वा कम्पनीले पहिलो पटक पैठारी गर्दा पाँच प्रतिशत महसुल बुझाए हुनेछ ।

पर्वतारोहण दलले नेपालका हिमाल आरोहण गर्दा खपत हुने मदिरा तथा चुरोट बाहेकका वस्तुमा दश प्रतिशतभन्दा बढी महसुल लाग्ने भएका दश प्रतिशत भन्सार महसुल बुझाए हुनेछ ।

सिन्थेटिक यार्न उत्पादन गर्ने उद्योगले ग्रेनुयल्सको पैठारीमा दुई दशमलब पाँच प्रतिशत भन्सार महसुल बुझाए हुने छ ।

सिरिन्ज र स्लाइन पानी उत्पादन गर्ने उद्योगले आवश्यक परिमाणसम्मको भाग ३९ मा पर्ने प्लाष्टिक दानामा उद्योग विभागको सिफारिस पैठारी गर्दा दुई दशमलब पाँच प्रतिशत भन्सार महसुल बझाउँदा हुने छ । तर, एक वर्षको लागि आवश्यक पर्ने प्लाष्टिक दानाको परिमाण एकै पटक सिफारिस गर्नु पर्नेछ ।

दुधालु गाई वा भैंसी पाल्ने पशु फार्म र कृषि सहकारीले जुनसुकै ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट हुने छ ।

चिया ढुवानी गर्ने प्रयोगजनको निमित्त पनि मिनी ट्रक पैठारी गर्दा एक पटकका लागि पचास प्रतिशत छुट पाउने छन् । तर, यसमा दशदेखि तीस विगाहासम्म क्षेत्रफलका चिया खेती गरिएको भए एउटा र तीस बिगाहा माथिकाले दुई वटा पैठारी गर्न पाउने छन् । पाँच सय जनासम्म विद्यार्थी अध्ययरत सामदायिक शिक्षण संस्थाले बस पैठारी गर्दा

पचहत्तर प्रतिशत भन्सार महसुल छुट पाउने व्यवस्था आर्थिक ऐनले गरेको छ । तर, बस ३५ सिट क्षमताको हुनु पर्ने छ ।
कृषि सहकारीले संकलन गर्ने कृषिजन्य उत्पादन ढुवानी पैठारी गर्ने शीर्षक अन्तर्गत ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा पचास प्रतिशत छुट दिइएको छ ।

काँचको पैठारी गर्दा पच्चीस प्रतिशत भन्सार महसुल लाग्ने छ । कुखुराको दान उत्पादन गर्ने उद्योगले दानमा प्रयोग हुने हाडको धुलो पैठारी गर्दा भन्सार महसुल तिर्नुपर्ने छैन । पूर्ण छुट पाउने छन् । जैविक मलमा पर्ने निमखली र अण्डीखली, सजिवनको दाना तथा बिउ, नश्ल सुधारको लागि पैठारी गर्ने जीवित चौपाया पशु, उन्नत जातका फलफूल बिरुवा पैठारी गर्दा पनि भन्सार महुसल निःशुल्क हुने छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka