विराटनगर–आइतबार बेलुका सुनसरीको देवानगंजमा बोलबमका लागि जल लिन सप्तकोशी नदिमा हिड्ने तयारीमा रहेका कावरियाले बजाएको डिजे साउण्ड सिस्टमको आवाजलाई लिइएर भएको भनाभन दुई समूहका बिच भिडन्तको रुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदा भएको एक जनाको मृत्यू भएको थियो भने ९ जना घाइते भएका थिए । नेपाल प्रहरी तर्फ १० र शसस्त्र प्रहरी तर्फ ५ जना घाइते भएका छन ।
स्थानिय प्रशासन र प्रहरीले घटनामा संवेदनशील हुन नसक्दा परिस्थिति नियन्त्रण भन्दा बाहिर गएको भन्दै स्थानियवासीले दिनभरि सुनसरीका विभिन्न स्थानमा चक्काजाम बजार बन्द र सडकमा टायर बालेर विरोध प्रर्दशन गरेका छन । उनीहरुले सुनसरी सदरमुकाम इनरुवा बजार बन्द गराएका छन भने विभिन्न चोकहरुमा टायर बालेर घटनाका दोषीमाथि कारवाहिको माग गरेका छन ।
प्रर्दशनकारीले सुनसरीको लौकहीमा समेत पूर्वपश्चिम राजमार्गको बिचमा टायर बालेर सवारी साधन आवत जावत बन्द गरेका छन । त्यसैगरि इनरुवा देवानगंज सडकको विभिन्न भागहरुमा सडक अवरोध र प्रर्दशन गरेका छन । इनरुवा ९ जल्पापुरको पोखरी चोकमा सडकमा बाँस लगाएर यातायात अवरुद्ध गरेका छन भने हरिनगर बजार नजिकै अस्पतालको उत्तरतर्फ सडकमा एउटा मोटसाईकल आगो लगाइदिएका छन । सुनसरीको देवानगंज नेपाल भारत सीमा नजिक रहेकाले भारतीय शसस्त्र प्रहरी बल एसएसबीले नेपाल भारत सीमा क्षेत्रमा आउजाउमा कडाई गरेको छ ।
गोली प्रहारबाट देवानगंज ४ का ओमप्रकाश मेहताको मृत्यू पछि लगातार भइरहेको प्रर्दशनलाई रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार विहान ७ बजेदेखी बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा कफ्र्यू जारी गरेपनि प्रर्दशन नरोकीएपछि नेपाली सेना देवानगंज लगायतको क्षेत्रमा परिचालन भएको थियो । नेपाली सेना परिचालन भएपछि देवानगंज क्षेत्रको तानब मथ्थर भएको थियो ।
यसैबिच जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बदलिय बैठकले सबैलाई सम्यमता अपनाउन अनुरोध गर्दै परिस्थितिलाई उत्तेजित हुन नदिन र साम्प्रदायकता कायम राख्न सबै पक्ष र सरोकारवालाहरुले पहल गर्ने निर्णय भएको थियो । दिनभरि प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेकोे कक्षमा सुरक्षा प्रमुखहरुको बैठक चलिरहदा सुनसरीका क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद इन्जिनियर दिपक साह, क्षेत्र नम्बर २ का सांसद लालविक्रम थापा, स्वास्थ्य मन्त्री नीशा मेहताले गृहमन्त्रीलाई स्थानिय सुरक्षा निकायको कमजोरीको कारण घटना भएको भन्दै गृहमन्त्री सुदन गुरुङलाई सुनसरीका सुरक्षाप्रमुखहरुको भूमिका प्रभावकारी नभएको गुनासो गरेपछि तत्काल गृहमन्त्रालयले सुनसरीका प्रजिअ घिमिरे सहित कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे, सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबे, शसस्त्रका एसपी श्यामकुमार कार्की, कप्तानगंजमा कार्यरत शसस्त्र प्रहरीका डिएसपी नन्दकिशोर महेतालाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ । गृहमन्त्रालयले गृहकै सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सोमबार विहान ७ बजेदेखी जारी कफ्र्यू अनिश्चितकाल सम्मका लागि जारी रहने गृहमन्त्रालयले जनाएको छ ।
