Premier Cables
Premier Steel

समाचार

सुनसरी हिंसापछि सीडीओ, एसपी र डीएसपीमाथि छानबिन गर्न सांसद साहको माग

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ११, २०८३  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको हिंसात्मक घटनामा सुरक्षा निकायको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक परे प्रमुख जिल्ला अधिकारी (सीडीओ), जिल्ला प्रहरी प्रमुख (एसपी) तथा डीएसपीलाई निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार गृह मन्त्री सुझन गुरुङलाई भेट्दै सांसद साहले साउने सोमबारको बोलबम यात्राका क्रममा दुई समुदायबीच भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको तथा आठ जना घाइते भएको जानकारी गराएका छन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले उल्लेख गरेका छन्।

बिज्ञापन

साहले घटनाको रोकथाम र नियन्त्रणमा प्रशासन तथा सुरक्षा निकायले अपेक्षित जिम्मेवारी पूरा गर्न नसकेको भन्दै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था तथा संस्थागत सुधार गर्न गृह मन्त्रालयसँग आग्रह गरेका छन्। साथै, घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक भई पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa