Premier Cables

समाचार

कप्तानगञ्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, नेपाली सेनाको बख्तरबन्द गाडीबाट गस्ती

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ११, २०८३  | अपराह्न १:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश लागू भए पनि स्थानीयको प्रदर्शन रोकिएको छैन। घटनाको विरोधमा स्थानीयवासी बिहानैदेखि सडकमा उत्रिएपछि क्षेत्रमा तनावको अवस्था देखिएको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध जनाएका छन्। प्रदर्शनका क्रममा एउटा फार्मेसी, तीन किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड भएको प्रहरीले जनाएको छ।

विज्ञापन

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाले समेत बख्तरबन्द गाडीसहित कप्तानगञ्जका विभिन्न सडकमा गस्ती सुरु गरेको छ।

देवानगञ्जसहित सुनसरीका पाँच क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले साेमबार बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शन भएपछि सुरक्षाकर्मीले स्थिति सामान्य बनाउन प्रयास गरिरहेका छन्।

आइतबार बेलुका दुई पक्षबीच भएको झडपपछि सुरक्षाकर्मीले गरेको कारबाहीका क्रममा भएको फायरिङमा एक जनाको मृत्यु भएको थियो। घटनामा आठ जना स्थानीय घाइते भएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka