Premier Cables

राष्ट्रिय

देवानगञ्जमा दुई दिन शोक बिदा

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ११, २०८३  | बिहान १०:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर  । प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार साउन ११ र १२ गते (सोमबार र मंगलबार) पालिकाअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

आइतबार (साउन १०) राति देवानगञ्ज–३, कप्तानगन्जमा दुई समूहबीच भएको तीव्र झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सोही क्रममा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

विज्ञापन

युवकको मृत्युपछि उत्पन्न तनावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थिति नियन्त्रणमा लिन दक्षिण क्षेत्रका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सोमबार बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka