Premier Cables
Premier Steel

समाचार

ब्राउन सुगरसहित भारतीय ग्रामीण प्रहरी पासवान पक्राउ

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १०, २०८३  | अपराह्न ३:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर/ मोरङको सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी सीमा नाकाबाट ब्राउन सुगरसहित भारतीय ग्रामीण प्रहरी (बिहार ग्रामिण प्रहरी) को परिचयपत्र बोकेका एक व्यक्ति पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियमित जाँचका क्रममा भारतको बिहार राज्यका भक्ति पासवानलाई पक्राउ गरेको हो। उनको साथबाट ८.५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

खानतलासीका क्रममा पासवानको साथबाट बिहार ग्रामीण प्रहरीको परिचयपत्र (आईडी कार्ड) समेत फेला परेको थियो। उक्त परिचयपत्र आधिकारिक हो वा होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार पक्राउ परेका पासवानलाई अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ।

पछिल्लो समय मोरङ प्रहरीले लागूऔषध ओसारपसार तथा प्रयोगकर्तामाथि कडा निगरानी बढाएको छ। विशेषगरी नेपालबाट भारततर्फ गाँजा तस्करी हुने तथा भारतबाट ब्राउन सुगरजस्ता लागूऔषध नेपाल भित्रिने क्रम रहेको भए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी कडा बनाएसँगै लागूऔषध तस्करीमा संलग्न व्यक्तिहरू दैनिक पक्राउ पर्न थालेका छन्। साथै, लागूऔषध ओसारपसारका घटनामा समेत कमी आउँदै गएको प्रहरीको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa