Premier Cables
Premier Steel

समाचार

विराटनगरको काली मन्दिरको १२ धुर जग्गा अतिक्रमणमुक्त

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०७, २०८३  | अपराह्न २:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर–९ स्थित ऐतिहासिक काली मन्दिरको नाममा रहेको १२ धुर जग्गा जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार खाली गराएको छ। नेपाल प्रहरीको सहयोगमा प्रशासनले उक्त जग्गामा निर्माण गरिएको संरचना हटाएको हो।

काली मन्दिरको नाममा कुल ३ कट्ठा २ धुर जग्गा रहेको छ। त्यसमध्ये १२ धुर जग्गा २०४२ सालको पुनः नापीका क्रममा स्वर्गीय केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो। ढकाल काली मन्दिरका पूर्वपुजारीसमेत थिए। उनले उक्त जग्गामा घर निर्माण गरी लामो समयदेखि भोगचलन गर्दै आएका थिए।

बिज्ञापन

मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा २०७९ सालमा नापी कार्यालय मोरङमा विवाद दर्ता भएको थियो। नापी कार्यालयले उक्त जग्गा काली मन्दिरकै नाममा कायम हुने निर्णय गरेपछि सो निर्णयविरुद्ध अदालतमा मुद्दा परेको थियो। जिल्ला अदालत र उच्च अदालतबाट समेत मन्दिरकै पक्षमा फैसला भएपछि जग्गा खाली गराउने कानुनी बाटो खुलेको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले अदालतको फैसला तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरेर जग्गा खाली गराइएको बताए। अब उक्त जग्गा काली मन्दिरकै स्वामित्व र प्रयोजनमा रहने उनले जानकारी दिए।

विराटनगरका प्रमुख धार्मिकस्थलमध्ये पर्ने काली मन्दिरमा दैनिक सयौं श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्। मुख्य सडकसँगै रहेको मन्दिरको जग्गा व्यावसायिक तथा भौगोलिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ।

मोरङ प्रशासनले सरकारी, गुठी तथा धार्मिक संस्थाका नाममा रहेका अतिक्रमित जग्गा र सम्पत्ति फिर्ता गराउने अभियानलाई निरन्तरता दिएको जनाएको छ। विगतमा विभिन्न व्यक्ति तथा बिचौलियामार्फत आफ्नो नाममा दर्ता गराइएका सार्वजनिक तथा संस्थागत जग्गा कानुनी प्रक्रियाबाट फिर्ता गराउने काम भइरहेको प्रशासनको भनाइ छ।

यसअघि गत साता प्रशासनले कोशी अस्पतालको अतिक्रमित जग्गामा निर्माण गरिएका संरचना हटाउन डोजर चलाएको थियो। विराटनगर–४ मा रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन तथा हटाउने तयारीसमेत भइरहेको प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa