विराटनगर। बङ्गलादेशको राजधानी ढाकामा २०२६ जुलाई १७ देखि १९ सम्म सम्पन्न १०औँ दक्षिण एशियाली कराते च्याम्पियनसिप (SAKF Championship) मा विराटनगरस्थित कञ्चनबारी कराते एकेडेमीका खेलाडी विज्ञान पराजुलीले पुरुष –७० केजी तौल समूहमा रजत पदक जितेका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक जित्दै पराजुलीले नेपाललाई पदक दिलाएका हुन्।
उनको सफलताप्रति कञ्चनबारी कराते एकेडेमी, प्रशिक्षक, खेलकुदकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने अपेक्षा गरिएको छ।
ढाकामा आयोजित उक्त च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासहित दक्षिण एशियाका ६ देशका कराते खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पराजुलीले नेपालका लागि रजत पदक सुनिश्चित गरेका हुन्।
