Premier Cables

समाचार

एसियन कराँते कोचमा विराटनगरका सुरज कामत चयन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०४, २०८३  | अपराह्न ३:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बंगलादेशको ढाकामा सम्पन्न १०औँ क्याडेट, जुनियर यू–२१ तथा सिनियर साउथ एसियन कराँते च्याम्पियनसिप–२०२६ अन्तर्गत आयोजित रेफ्री तथा कोच परीक्षामा कोशी प्रदेशका विराटनगर निवासी सुरज कामत एसियन कराँते कोचका रूपमा चयन हुन सफल भएका छन्।
साउथ एसियन कराँते डो संघको आयोजनामा जुलाई १७ मा सम्पन्न उक्त परीक्षामा एसिया तथा दक्षिण एसियाका विभिन्न देशका प्रशिक्षक र रेफ्रीहरूको सहभागिता रहेको थियो।
नेपालबाट ३८ जनाले परीक्षा दिएका थिए। तीमध्ये ९ जना मात्र उत्तीर्ण हुन सफल भएका छन्। सफल हुनेमध्ये विराटनगरका सुरज कामत पनि एक हुन्।
कामतको यो सफलतासँगै कोशी प्रदेश तथा नेपाली कराँते क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा थप उपलब्धि हासिल गरेको छ। उहाँको सफलताले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

विज्ञापन

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka