नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौँ । वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्, जसमा अधिकांश बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्। सार्वजनिक विवरण अनुसार साउन महिनाका लागि कुल ८ वटा वाणिज्य बैंकले आफ्नो ब्याजदरमा कटौती गरेका हुन्।
बैंकहरूमा तरलता (लगानीयोग्य रकम) थपिँदै गएपछि ब्याजदर ओरालो लाग्ने क्रमले साउनमा पनि निरन्तरता पाएको हो।
यो महिना राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाउन नेतृत्व गरेको छ। यद्यपि, व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ब्याजदर अफर गरेका छन् भने संस्थागत निक्षेपतर्फ नेपाल बैंकको ब्याजदर उच्च रहेको छ।
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर (बेस रेट) समेत ओरालो लाग्नेछ, जसका कारण आगामी दिनमा कर्जा (ऋण) लिने ऋणीहरूका लागि समेत ब्याजदर थप सस्तो हुने अनुमान गरिएको छ।
