Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २५, २०८३  | अपराह्न ३:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । बिहिबार पनि सेयबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७५ प्रतिशत अर्थात १९.६७ अंकले घटेर २ हजार ६०१.९२ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४५४.१९ विन्दुमा झरेको छ।

बिज्ञापन

आज नेप्सेमा सूचीकृत ३६१ वटा स्क्रिप्टको ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६१ करोड १९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ८२ करोड ६० लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘मौद्रिक नीतिमा सेयर लगानीकर्ताहरुले ठूलो अपेक्षा गरेका थिए, अपेक्षित नीति नआएपछि लगानीकर्ताको मनोबल खस्किएको छ । लगानीकर्ताहरु मौद्रिक नीतिमार्फत पूँजीबजारको लागि केही व्यवस्थाहरु आउने आश्वासनमा थिए, तर यसपटकको मौद्रिक पहिलेका वर्षहरुको तुलनामा फरक आएको छ ।

मौद्रिक नीति नराम्रो आएको होइन, तर लगानीकर्ताहरुले धेरै अपेक्षा राखेका कारण मिट नभएको मात्रै हो । साथै अहिले बजार बढ्न नसक्नुमा असार मसान्तको दबाब पनि हो ।’

उनले थपे, ‘लगानीकर्ताहरुले बजार बढ्ने आशामा मौद्रिक नीति कुरिरहेका थिए । तर मौद्रिक नीतिपछि पनि बजार नबढ्ने आँकलन गरेपछि हिसाब किताब मिलानका लागि धमाधम सेयर बेचेको बुझिन्छ ।

यसकारण पनि पछिल्लो दुईदिन यता बजारमा भोल्युम बढेको छ र सेलिङ प्रेसर आएका कारण बजार घटेर २६ सयको विन्दुमा आएको छ । सम्भवतः अर्को सातादेखि बजारको घटाई रोकिन सक्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa