Premier Cables
Premier Steel

शेयर बजार

तीन कारोबार दिनपछि बढ्यो सेयर बजार

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, भाद्र ०९, २०८२  | अपराह्न ३:४८ बजे

काठमाडौं । तीन कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ । आज बजार २१.३० अंक बढेसँगै २७६१ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो २ : ३० बजे २७६४ अंक आजका लागि अधिकतम रह्यो ।

नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो । यस दिन १७९ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो ।

बिज्ञापन

अधिकांश समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिको मूल्यमा भएको उच्च वृद्धिले समग्र यो समूह धेरै बढ्यो ।

त्यस्तै बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बीमा ०.३१ तथा व्यापार ०.०५ प्रतिशत बढे ।

उत्पादन तथा प्रशोधन समूह भने जम्मा ०.०५ प्रतिशत घट्यो ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर छन् । साना किसान विकास बैंकको ५.२६, नेपाल पुनर्बीमा कम्पनीको ५.१०, माहुली लघुवित्तको ४.४८, उन्नति सहकार्य लघुवित्तको ४.२५, मिथिला लघुवित्तको ४.२५ तथा हिमालयन रिइन्स्योरेन्सको ३.३६ प्रतिशत मूल्य बढ्यो ।

सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५४ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.५० तथा खानीखोला हाइड्रोपावरको २.६३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधि विद्युत् तथा छिमेक लघुवित्त वित्तीय संस्था छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka