Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजार घट्यो, कारोबार रु. ६ अर्ब

Calendar सोमबार, पुष २८, २०८२  | साँझ ४:०० बजे

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज (सोमबार) ५.५४ अंकले घटेर २६३५ विन्दुमा अडिएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से ०.२० प्रतिशतले घटेको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.६१ अंकले घटेर ४५४.३१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबारदिनको तुलनामा ०.३५ प्रतिशतले कम हो।

बिज्ञापन

सेयर बजारमा सोमबार ३३३ कम्पनीको ७८ हजार ८०८ पटकको कारोबारमा एक करोड २३ लाख नौ हजार ७४४ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार ६ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ रुपैयाँको कारोबार भयो। अघिल्लो कारोबार दिन अर्थात् गएको बिहीबार भने सेयरबजारमा चार अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भएको थियो। हिजो आइतबार भने पृथ्वी जयन्तीका कारण सेयरबजार बन्द रह्यो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा चार समूहको सेयरमूल्य बढ्यो भने बाँकी नौ समूहका बढे।

जसअनुसार वाणिज्य बैंक समूहको सेयर ०.२५ प्रतिशतले घट्यो। आज विकास बैंक समूहको सेयरमूल्य भने ०.०२ प्रतिशतले बढ्यो। फाइनान्स समूह पनि ०.५३ प्रतिशतले घट्यो।

यसैगरी आज होटेल तथा पर्यटन समूह ०.१० प्रतिशतले बढ्यो‚ जलविद्युत् ०.११‚ लगानी समूह ०.४२ र जीवन बिमा ०.१८ प्रतिशतले घटे। उत्पादन तथा प्रशोधन समूह ०.०२ प्रतिशतले बढ्यो।

लघुवित्त समूह ०.६६ प्रतिशतले घट्यो। म्युचुअल फन्ड समूह भने ०.११ प्रतिशतले बढ्यो। यसैगरी निर्जीवन बिमा समूह ०.१४‚ अन्य समूह ०.२९ प्रतिशत र व्यापार समूह १.१६ प्रतिशतले घट्यो। नेप्सेमा बिहीबार ७५ कम्पनीको मूल्य बढ्दा १७८ वटाको घट्यो। सात कम्पनीका सेयरमूल्य भने स्थिर रह्यो।

नेप्सेमा सोमबार एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। अर्थात् यी दुई कम्पनीका सेयर मूल्य १० प्रतिशतका दरले बढ्यो। जसअनुसार एसवाई प्यानलको अन्तिम कारोबार मूल्य १‚३८४ रुपैयाँ र श्रीनगरको १‚११४ रुपैयाँ कायम रह्यो।

यसैगरी सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.२५ प्रतिशतले सेयरमूल्य गुमाए। गएको बिहीबार पनि सुपर मादीले ३.९० प्रतिशतले सेयरमूल्य गुमाएको थियो। सुपर मादीको अन्तिम कारोबार मूल्य प्रतिसेयर ४९६ रुपैयाँ कायम रह्यो।

यस्तै गएको मंगलबार‚ बुधबार र बिहीबार तीन दिन सर्वाधिक कारोबार भएको एसवाई प्यानलले आज पनि सबैभन्दा धेरै कारोबार गर्यो।

सोमबार एसवाईको ४२ करोड २२ लाख ४८ हजार ८४३ रुपैयाँको सेयर किनबेच भयो। एसवाईको सोमबार अन्तिम सेयर मूल्य १‚३८३ रुपैयाँ कायम रह्यो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka