विराटनगर । न्युरोसर्जरी सेवामा विश्वास जित्दै आएको आर्या हस्पिटल ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा विशेष स्वास्थ्य सेवा कार्यक्रम सार्वजनिक गरेको छ।
हस्पिटलले पछिल्ला पाँच वर्षमा प्राप्त साथ, विश्वास र मायाप्रति सेवाग्राही, शुभेच्छुक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै यो विशेष सेवा अफर ल्याएको जनाएको छ।
वार्षिकोत्सव अवसरमा उपलब्ध हुने सुविधाहरूमा निःशुल्क न्युरो ओपीडी सेवा, ओपीडीमार्फत गरिने सबै परीक्षणमा २५ प्रतिशत छुट, निःशुल्क ब्लड सुगर टेस्ट तथा वरिष्ठ नागरिकका लागि निःशुल्क ब्लड सुगर टेस्ट तथा निःशुल्क युरिन आर/एम/ई टेस्ट समावेश छन्।
कञ्चनबारी, विराटनगर–३ मा रहेको हस्पिटलले समयमै विशेषज्ञ परामर्श लिन सेवाग्राहीहरूलाई आग्रह गरेको छ। यी छुट तथा निःशुल्क सेवाहरू असार ३२ गतेसम्म मात्र लागू हुने जनाइएको छ।
हस्पिटल प्रशासनले न्युरो उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित यस्तो कार्यक्रम सञ्चालन गरिएको बताएको छ।


