Premier Cables
Premier Steel

राष्ट्रिय

अयोध्यामा रामललाको दर्शनपछि आज स्वदेश फर्किंदै रवि लामिछाने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २२, २०८३  | बिहान १०:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार बिहान अयोध्यास्थित राम मन्दिरमा पुगेर पूजा–आराधना तथा दर्शन गरेका छन्।

लामिछानेसँगै रास्वपाका सांसद विपिन आचार्य, दीपक बोहरा तथा उनकी पत्नी निकिता पौडेलले पनि राम मन्दिरमा दर्शन गरेको उनको सचिवालयले जनाएको छ।

बिज्ञापन

भारतीय जनता पार्टी (भाजपा)को मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा भाजपा अध्यक्ष नितिन नवीनसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्।

भ्रमणका क्रममा उनले लखनउलगायत विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा समेत सहभागिता जनाएका थिए।

पाँचदिने भारत भ्रमण पूरा गरेका लामिछाने आजै स्वदेश फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa