Premier Cables
Premier Steel

राजनीति

एमाले प्रवेश गरेका मोरङका ठगेन्द्रलाई तीन महिनापछि कारवाही, सर्लाही जिल्लाको भन्दै गरियो कारवाही 

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | अपराह्न २:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । एमाले प्रवेश मोरङ जिल्ला स्तरीय एकजना नेतालाई रास्वपाले तीन महिनापछि कारबाही गर्दै सदस्यता खारेज गरेको छ । कोशी प्रदेश समिति सदस्य ठगेन्द्र न्यौपानेलाई पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा कारवाही गर्दै सदस्यता खारेज गरिएको हो ।

पार्टीको अनुशासन विभागले जेठ ६ गते सार्वजनिक गरेको आधिकारिक पत्रमार्फत न्यौपानेलाई कारवाही गरिएको जनाएको हो । पत्रमा उनले पार्टीको नीति र हितविपरीत काम गरेको उल्लेख गरिएको छ ।

बिज्ञापन

मोरङको रतुवामाई नगरपालिका  निवासी न्यौपाने यसअघि रास्वपाबाट मोरङ क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका थिए । तर, सार्वजनिक गरिएको कारवाही पत्रमा भने बोधार्थ मधेस प्रदेश र सर्लाही जिल्ला समितिलाई पठाइएको देखिएको छ । यस विषयलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न टिप्पणी भइरहेका छन् ।

कारवाही पत्र प्राप्त गरेपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् । उनले पार्टीको निर्णयप्रति कटाक्ष गर्दै टिप्पणी गरेका हुन् ।

यता, रास्वपाले कारवाहीको निर्णय सार्वजनिक गरे पनि न्यौपाने भने फागुन २१ गतेलो चुनावी माहोलकै बीचमा एमाले प्रवेश गरिसकेका छन ।

पार्टीमा लामो समय सम्म सदस्य रहेका सदस्यको पूरा नाम र जिल्ला समेत थाहा नभई पार्टीले आधिकारिक पत्र पठाउनु नयाँको पुरानो शैलीका रुपमा ब्याख्या गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka