Premier Cables

अर्थ विराटनगर

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङ उद्योग व्यापार संघको नवगठित ३५औँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन्।

मुख्यमन्त्री कार्कीको निमन्त्रणामा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको संघको नयाँ कार्यसमितिलाई मुख्यमन्त्रीसहित प्रदेश सरकारका अधिकारीहरूले स्वागत गरेका हुन्।

विज्ञापन

कार्यक्रममा मुख्यमन्त्री कार्कीले संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा रहेको पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला लगाएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले निजी क्षेत्र प्रदेशको अर्थतन्त्रको मेरुदण्ड भएकाले उद्योग तथा व्यवसायको संरक्षण, प्रवर्धन र सहजीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले उद्योग–व्यवसायमैत्री नीतिगत सुधार, लगानीका लागि अनुकूल वातावरण निर्माण तथा स्थानीय उत्पादनको प्रवर्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उल्लेख गरे।

निजी क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा मोरङ उद्योग व्यापार संघसँग संयुक्त रूपमा छलफल र बहस गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघका अध्यक्ष अनिलकुमार साहले मुख्यमन्त्री कार्कीबाट प्राप्त आतिथ्यता र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक तथा आर्थिक विकासमा सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए।

संघका निवर्तमान अध्यक्ष अनुपम राठीले प्रदेश सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वयबाट औद्योगिक विकास, रोजगारी सिर्जना तथा प्रदेशको आर्थिक समृद्धिलाई गति दिन सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा प्रदेश सरकारका उच्च अधिकारी, मोरङ उद्योग व्यापार संघका पदाधिकारी तथा कार्यसमिति सदस्य र महिला उद्यमीहरूको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka