Premier Cables

अर्थ

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २९, २०८३  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हेटौँडा | जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकलाई कारबाही गरी रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख रमेश विष्टका अनुसार साउनदेखि पुससम्म सात हजार ३९० र माघदेखि असारसम्म १० हजार ८०२ चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको हो।

विज्ञापन

कारबाहीको सङ्ख्या बढे पनि जिल्लामा सवारी दुर्घटनामा अपेक्षित कमी आउन नसकेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा मकवानपुरमा ४१४ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा ६४ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका थिए।

तथ्याङ्कअनुसार आर्थिक वर्षको पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ वटा दुर्घटना भएका थिए। पहिलो छ महिनामा ३५ जनाको मृत्यु भएकोमा पछिल्लो छ महिनामा २९ जनाले ज्यान गुमाएका थिए।

प्रमुख विष्टले सवारी दुर्घटना नियन्त्रणका लागि कारबाहीसँगै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियम पालना गर्ने चेतना र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले चालकको लापरबाही दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेको उल्लेख गर्नुभयो।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई कारबाही गरिएको छ। यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka