Premier Cables

विराटनगर

नेपालिरिका होटलको छैटौँ वार्षिकोत्सव, आश्विनभर विशेष उत्सव

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ३१, २०८३  | अपराह्न १२:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटचोक । नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विन महिनाभर विशेष उत्सव आयोजना गर्ने भएको छ।

दमक–६ स्थित भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकमा रहेका होटलका दुवै परिसरमा वार्षिकोत्सवलाई लक्षित गरी विशेष आवास तथा खानपानका प्याकेज सार्वजनिक गरिएको होटलले जनाएको छ।

विज्ञापन

वार्षिकोत्सवको अवसरमा आश्विनभर विशेष आवास प्याकेज, खानाका विशेष परिकार, कम्बो प्लाटर्स तथा पेय पदार्थका प्याकेज उपलब्ध हुनेछन्। त्यस्तै, विशेष बार्बेक्यु तथा विभिन्न परिकारका प्रत्यक्ष खाना स्टेसनसमेत सञ्चालन गरिने होटल व्यवस्थापनले जनाएको छ।

परिवार, साथीभाइ, सहकर्मी तथा प्रियजनसँग भेटघाट र मनोरञ्जन गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष कार्यक्रम आयोजना गर्न लागिएको होटलले जनाएको छ। होटलका अनुसार यसले आश्विन महिनालाई स्वाद, आतिथ्य र उत्सवसँग जोड्ने अवसर प्रदान गर्नेछ।

होटल व्यवस्थापनले छैटौँ वार्षिकोत्सवलाई होटल स्थापनाको छ वर्ष पूरा भएको अवसरसँगै ग्राहक, शुभेच्छुक, कर्मचारी तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध, विश्वास र सहकार्यको उत्सवका रूपमा मनाउन लागेको जनाएको छ।

होटलले छ वर्षसम्म ग्राहकबाट प्राप्त विश्वास र साथप्रति आभार व्यक्त गर्दै आश्विन महिनाभर विशेष स्वाद, सेवा र अनुभवका साथ वार्षिकोत्सव मनाउन आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka