Premier Cables
Premier Steel

मौसम

चैत-वैशाखमै किन बढ्यो वर्षा र चिसो ? हेरौं विगत ४५ वर्षमा भएको मनसुन पूर्वको वर्षा मापन (तथ्याङ्क)

असार साउनमा खडेरीको सम्भावना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | बिहान ११:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सामान्यतया चैत–वैशाखलाई नेपालमा अत्यधिक गर्मी हुने समय मानिन्छ । तर यस वर्ष भने मौसमले फरक रूप देखायो । दिनहुँजसो पानी पर्नु, असिना र हिमपात हुनुका साथै जाडो महसुस हुने अवस्था देखियो । गर्मीयाममै ज्याकेट लगाउनुपर्ने परिस्थिति बनेपछि धेरैमा यसको कारणबारे जिज्ञासा बढेको छ ।

मौसमविद्हरूका अनुसार अहिलेको अवस्था प्रि-मनसुन अर्थात् मनसुनअघिको मौसमी प्रणाली अत्यधिक सक्रिय भएका कारण सिर्जना भएको हो । मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ । सामान्यतया यो समयमा तापक्रम बढ्ने भए पनि यस वर्ष पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले लगातार वर्षा गराएको हो ।

बिज्ञापन

पश्चिमी वायु अर्थात् ‘वेस्टर्न डिस्टर्बेन्स’ पश्चिमबाट पूर्वतर्फ सर्ने चिसो हावाको प्रणाली हो । यो भूमध्यसागर क्षेत्र हुँदै टर्की, इरान, अफगानिस्तान र पाकिस्तान पार गरेर दक्षिण एशियासम्म आइपुग्छ । हिमालय क्षेत्रमा पुगेपछि यसले बादल विकास गराएर वर्षा, हिमपात, असिना र हावाहुरीसमेत गराउने गर्छ ।

मदन सिग्देल का अनुसार यस वर्ष हिउँद सकिएलगत्तै पश्चिमी वायु असामान्य रूपमा सक्रिय रह्यो । स्थानीय वायु र जलवाष्पको पुनःचक्रण प्रक्रिया पनि सक्रिय हुँदा वर्षाको मात्रा बढेको उनले बताए ।

अर्का मौसमविद् उज्ज्वल उपाध्याय का अनुसार फिलिपिन्स सागर क्षेत्रमा आएको ठूलो आँधीका कारण बनेको वायुमण्डलीय प्रणालीले नेपालसहित इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड, लाओस र भियतनामसम्म वर्षा गराएको हो । उनका अनुसार जेठ महिनासम्म पनि पश्चिमी वायुको प्रभाव कायम रहने सम्भावना छ ।

विनोद पोखरेल ले पनि जेठ महिनामा अझै केही दिन वर्षा जारी रहने बताएका छन् ।

मौसमविद्हरूका अनुसार दिनको समयमा बाक्लो बादल लाग्दा सूर्यको ताप जमिनसम्म पुग्न सकेन । त्यसैले तापक्रम अपेक्षाकृत कम भयो । राति आकाश खुल्दा जमिनमा सञ्चित तापक्रम छिट्टै घट्ने भएकाले बिहान र राति बढी चिसोपन महसुस गरिएको हो ।

यस वर्षको प्रि–मनसुन अवधिमा औसतभन्दा धेरै वर्षा भएको देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यतया नेपालमा प्रि–मनसुन अवधिमा २०० देखि २३० मिलिमिटर वर्षा हुने गर्छ । काठमाडौंमा औसत १०० मिलिमिटर वर्षा हुने भए पनि यस वर्ष वैशाख अन्तिम सातासम्मै २३० मिलिमिटर पानी परिसकेको छ ।

मौसमविद् उपाध्यायका अनुसार विगत ४५ वर्षको तथ्यांक हेर्दा काठमाडौंमा वैशाख–जेठमा औसत १०० मिलिमिटर वर्षा हुने गरेको पाइन्छ । तर यस वर्ष वैशाख २५ गतेसम्म नै औसतभन्दा झन्डै तीन गुणा बढी वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् अशोक बख्रेल का अनुसार सन् १९९० मा सबैभन्दा धेरै ३३२.३१ मिलिमिटर प्रिमनसुन वर्षा भएको थियो । त्यसपछि सन् २००० मा ३२२.८५ मिलिमिटर, २०२१ मा ३१७.९ मिलिमिटर र २०२० मा ३१५.५९ मिलिमिटर वर्षा भएको तथ्यांक छ । सन् २०२५ मा पनि २७४.२१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

त्यसविपरीत सन् १९९२ मा सबैभन्दा कम १३८.०१ मिलिमिटर वर्षा भएको थियो । १९९६ मा १४१.५६ मिलिमिटर, २०१४ मा १५४.९१ मिलिमिटर र १९९५ मा १६२.४२ मिलिमिटर मात्रै वर्षा भएको देखिन्छ ।

मौसमविद्हरूका अनुसार प्रिमनसुन अवधिमा पूर्वी नेपाल पश्चिमी नेपालभन्दा बढी भिज्ने गरेको छ । तथ्यांकअनुसार पश्चिम नेपालमा औसत १३३.७ मिलिमिटर, मध्य नेपालमा २५०.९ मिलिमिटर र पूर्वी नेपालमा २९१.३ मिलिमिटर वर्षा हुने गरेको छ । यसको मुख्य कारण बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र हिमाली भू–बनोटलाई मानिएको छ ।

प्रिमनसुन वर्षाले कृषि, खानेपानी, वन डढेलो र विपद् जोखिममा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । अहिलेको वर्षाले तत्कालका लागि शीतल महसुस गराएको र वन डढेलो कम भएको भए पनि कृषिमा भने असर परेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल का अनुसार पटक–पटकको वर्षाले पूर्वी तराईका किसानले मुग र जुट खेतीका लागि खेत तयारी गर्न सकेनन् । असिना र हावाहुरीले मकै, केरा तथा तरकारी खेतीमा पनि क्षति पुर्‍याएको उनले बताए ।

मौसमविद्हरूका अनुसार वैशाख–जेठमा अत्यधिक वर्षा हुँदा माटो चाँडै भिज्ने भएकाले आगामी मनसुनमा बाढी र पहिरोको जोखिम बढ्न सक्छ । तर प्रिमनसुन सक्रिय हुँदैमा मनसुन पनि धेरै हुने निश्चित नहुने उनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार प्रशान्त महासागर र हिन्द महासागरको तापक्रम तथा जेट स्ट्रिमजस्ता विश्वव्यापी प्रणालीहरूले नेपालको मनसुनको स्वरूप निर्धारण गर्ने गर्छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka