Premier Cables
Premier Steel

अर्थ

भारतले चाँदी आयातमा पनि कडाइ गर्‍यो, ९९.९% शुद्ध सिल्भर बार ‘रिस्ट्रिक्टेड’ सूचीमा

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | बिहान ८:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । पश्चिम एसियामा जारी तनावका बीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि कडा नीति लागू गरेको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित सूचीमा राखेको जनाएको छ।

बिज्ञापन

नयाँ सूचनाअनुसार अन्य प्रकारका सिल्भर बार पनि प्रतिबन्धित आयात सूचीमा समावेश गरिएका छन्। वाणिज्य मन्त्रालयले संशोधन गरेको आयात नीतिअनुसार चाँदीको आयात नियन्त्रण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। मन्त्रालयले नयाँ व्यवस्था तत्काल लागू भएको जनाएको छ।

यसअघि भारत सरकारले बहुमूल्य धातुमा लाग्ने आयात शुल्कमा उल्लेखनीय वृद्धि गरेको थियो। साथै एडभान्स अथोराइजेसन स्किमअन्तर्गत सुन आयातमा १०० किलोग्रामको सीमा तोकिएको थियो। यसअघि उक्त स्किममार्फत सुन आयातमा कुनै सीमा थिएन।

पश्चिम एसियाली संकटका कारण बढ्दो आयात खर्चलाई नियन्त्रण गर्न भारत सरकारले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ। सरकारले अनावश्यक खरिदलाई निरुत्साहित गर्न यस्तो कदम चालेको बताइएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka