Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजार बढ्यो, कारोबार रकम घट्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०१, २०८३  | अपराह्न ३:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०६ प्रतिशत अर्थात १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा पुग्यो। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ४६७.५५ विन्दुमा पुग्यो।

आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २९ करोड २ लाख बढीको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.६४ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१३ प्रतिशत, फाइनान्स ०.३७, होटल ०.२८, हाईड्रो ०.०६, अन्य ०.१९ र व्यापार समूह ०.३३ प्रतिशतले बढ्यो ।

म्युचुअल फण्ड आज सर्वाधिक अर्थात ०.३३ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.०४ प्रतिशत, लगानी ०.२७, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.११ र लघुवित्त ०.१७ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa