Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

Calendar सोमबार, मंसिर ०१, २०८२  | साँझ ६:३८ बजे

काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयरबजार परिसूचक नेप्से बढेको छ । सोमबार नेप्से ९.७८ अंकले बढेर २ हजार ५५०.३६ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा कुल ३३५ कम्पनीका सेयर कारोबार भएका छन् ।

यी मध्ये १६७ कम्पनीका सेयरमूल्य बढेका छन् भने ७६ कम्पनीका सेयरमूल्य ओरालो लागेका छन् । बाँकी १३ कम्पनीका सेयरमूल्य भने स्थिर रहेका छन् । आज कुल ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ६१ हजार ६३५ कारोबारबाट ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर कारोबार रकम आइतबारको तुलनामा १.३४ प्रतिशतको वृद्धि हो ।

बिज्ञापन

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये निर्जीवन बीमा तथा अन्य समूहका परिसूचक नकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १.५० प्रतिशतले बढेको छ ।

बन्दीपुर केवलकार तथा टुरिजम लिमिटेड, सागर डिष्टीलरी तथा बुङगल हाइड्रो लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, कुमारी इक्युटी फण्ड तथा एनआईवीएल स्टेवल फण्डका लगानीकर्ता छन् ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka