Premier Cables
Premier Steel

शेयर बजार

दुई कारोबार दिन घटेर बढ्यो नेप्से, कारोबार रकम पनि सुधार

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, असार २५, २०८२  | अपराह्न ३:२८ बजे

विराटनगर । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको आइतबारदेखि बढेको नेप्से यस साताको सोमबार र मंगलबार घटेर बन्द भएको थियो। तर, यस दिन पुनः नेप्से बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक २२.०४ अंक बढेर २७०५.९० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक बढेको छ।

बिज्ञापन

नेप्सेसँगै यस दिन करोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६२ हजार ८८४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ४.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ७१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन बुटवल पावर कम्पनीको साढे ३६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka