Premier Cables
Premier Steel

राष्ट्रिय

सात वर्षपछि नारायणगढ-दाउन्ने सडक निर्माण सम्पन्न, एसियन हाइवे स्तरको यात्रा सुविधा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०१, २०८३  | अपराह्न १:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । लामो समयदेखि निर्माणमा ढिलाइ हुँदै आएको नारायणगढ–दाउन्ने सडक अन्ततः सम्पन्न भएको छ । सात वर्षदेखि अलपत्र जस्तै बनेको यो सडक खण्डको कालोपत्रे र ढलान कार्य पूरा भएपछि अब यात्रुहरूले एसियन हाइवे स्तरको फराकिलो सडकमा यात्रा गर्न पाउने भएका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत ११३ किलोमिटर सडकलाई चार लेनमा विस्तार गरिएको हो । यसमध्ये ६५ किलोमिटर सडकमा कालोपत्रे र ढलान सम्पन्न भइसकेको छ भने दाउन्ने क्षेत्रको ‘बोटल नेक’ समस्या समाधान गर्न करिब १२ देखि १४ किलोमिटर सडक ढलान गरिएको छ ।

बिज्ञापन

पूर्वी खण्ड गैंडाकोट–दाउन्ने र पश्चिम दाउन्ने–बुटवल क्षेत्रमा काम गरिएको छ, जसले नवलपुर र रुपन्देही जिल्लालाई समेट्छ ।

आयोजनाका अनुसार सडक विस्तारपछि नारायणगढबाट बुटवल पुग्न करिब पौने दुई घण्टा लाग्नेछ, जबकि पहिले तीन घण्टासम्म समय लाग्ने गर्थ्यो । चार लेन विस्तारको क्रममा भने यात्रा समय ७ घण्टाभन्दा बढी हुने अवस्था थियो ।

आयोजनाका इन्जिनियर क्षितिज जोशीका अनुसार सडक एसियन हाइवे मापदण्डअनुसार १०० देखि १२० किलोमिटर प्रतिघण्टा गतिसम्म डिजाइन गरिए पनि हालसम्म गति सीमा निर्धारण भइसकेको छैन । उनका अनुसार वस्ती र जंगल क्षेत्रलाई ध्यानमा राख्दै सेफ्टी टिमसँग छलफलपछि गति सीमा तोकिनेछ ।

यस आयोजनालाई सडक विभाग र चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनमार्फत दुई खण्डमा विभाजन गरी विस्तार गरिएको हो । पूर्वी खण्ड गैंडाकोट–दाउन्ने र पश्चिम दाउन्ने–बुटवल क्षेत्रमा काम गरिएको छ, जसले नवलपुर र रुपन्देही जिल्लालाई समेट्छ ।

आयोजनाका अनुसार पूर्वी खण्डको काम ९१.३४ प्रतिशत र पश्चिम खण्डको करिब ८९ प्रतिशत सम्पन्न भएको छ । पुल र कल्भर्टको काम लगभग पूर्ण भइसकेको छ भने रोड सेफ्टी कार्य क्रमशः अघि बढिरहेको छ ।

सडक निर्माणमा कोभिड–१९ महामारी, मुआब्जा समस्या, रुख कटान तथा पोल सार्ने ढिलाइका कारण समयमै काम सम्पन्न हुन सकेको थिएन । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित यो परियोजनाको कुल लागत करिब १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

आयोजनाका अनुसार बाँकी रहेका केही पहिरो रोकथाम र साना संरचनागत कामहरू आगामी दुई महिनाभित्र सकिनेछन् । त्यसपछि साउन पहिलो साताभित्र सडक सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka