Premier Cables
Premier Steel

राष्ट्रिय

आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु, सरकारी कार्यालयलाई स्वच्छ र व्यवस्थित बनाइने

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २८, २०८३  | बिहान १०:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अभियानअन्तर्गत आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु गरेको छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालय तथा सार्वजनिक शैक्षिक संस्थालाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार अब सरकारी कार्यालयहरूले आफ्नो कार्यकक्ष मात्र नभई कार्यालय परिसर र आसपासको क्षेत्रको सरसफाइमा समेत अनिवार्य ध्यान दिनुपर्नेछ ।

बिज्ञापन

नयाँ व्यवस्थाअनुसार कार्यालय परिसरको एक सय मिटर क्षेत्रभित्र पर्ने नाली तथा ढल सफा राख्ने जिम्मेवारी सम्बन्धित कार्यालयकै हुनेछ । यस्तै, पार्किङ क्षेत्र व्यवस्थित बनाउने, अव्यवस्थित रूपमा टाँसिएका पोस्टर हटाउने तथा झुन्डिएका तार व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ ।

मार्गदर्शनमा कार्यालय भवनका चर्किएका वा उक्किएका भित्ताको मर्मत गरी रङरोगन गर्नुपर्ने, मुख्य प्रवेशद्वार आकर्षक राख्नुपर्ने तथा नागरिक बडापत्र र सूचना बोर्ड स्पष्ट र व्यवस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।

शौचालयलाई दुर्गन्धरहित बनाउँदै साबुन, पानी तथा सेनेटरी डिस्पोजलको व्यवस्था गर्नुपर्नेछ । साथै, कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्नुपर्ने र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

अभियानको औपचारिक उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले वीर अस्पतालबाट गरेकी छन् । अभियानलाई प्रभावकारी र दिगो बनाउन प्रत्येक कार्यालयले एक जना ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, साप्ताहिक सरसफाइ कार्यतालिका बनाएर मासिक स्वमूल्याङ्कन गर्नुपर्नेछ । अभियानको कार्यान्वयन, अनुगमन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको सरकारले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka