Premier Cables
Premier Steel

समाचार

बुद्ध जयन्तीकै दिन गुम्बा भत्काइयो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा डोजर लगाएर भत्काइएको छ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको उक्त गुम्बा वैशाख १८ गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमाका दिन हटाइएको हो। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानअन्तर्गत गुम्बा पनि भत्काइएको महानगरपालिकाले जनाएको छ।

बिज्ञापन

डोजर चलाउनुअघि गुम्बाभित्र रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

बल्खु, टेकु नजिकको वंशीघाट, बालाजु लगायत क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउने कार्य शुक्रबार बिहानदेखि जारी छ।

यता, बालाजुस्थित ओग्यन जम्लिङ टेरमा गुम्बामा पनि डोजर चलाउने तयारी भएपछि बौद्ध धर्मावलम्बीहरूले आपत्ति जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka