Premier Cables
Premier Steel

समाचार

काठमाडौंमा एका बिहानै चल्यो डोजर

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर ११ अन्तर्गत वंशीघाट क्षेत्रमा रहेका अनाधिकृत बस्ती हटाउने अभियान सुरु गरेको छ।

शुक्रबार बिहान डोजर प्रयोग गरी घर तथा टहरा भत्काउने काम अघि बढाइएको हो।

बिज्ञापन

यस अभियानका लागि करिब आधा दर्जन डोजर ट्रकमार्फत उक्त क्षेत्रमा पुर्‍याइएको थियो। वंशीघाटसँगै वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी लगायतका अतिक्रमित क्षेत्रहरूमा पनि आजै डोजर चलाउने तयारी गरिएको छ।

कार्य सञ्चालनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक बस्ती खाली गराउने अभियान सुरु गरिने जनाएको थियो।

प्रशासनका अनुसार नदी किनार तथा सरकारी, सार्वजनिक, पर्ति वा निजी जग्गा अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू हटाउने उद्देश्यले यो कदम चालिएको हो। साथै, सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै मानवीय ढंगले व्यवस्थापन गर्ने योजना रहेको जनाइएको छ।

डोजर प्रयोगको सूचना सार्वजनिक भएपछि अनामनगरस्थित धोबीखोला आसपासका बासिन्दा बिहीबारदेखि नै स्थान छाड्न थालेका थिए।

यसअघि पनि वैशाख १२ गतेदेखि काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीमा डोजर प्रयोग गरिएको थियो। बाँकी क्षेत्रहरूमा भने आजबाट अभियान विस्तार गरिएको प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka