Premier Cables
Premier Steel

राष्ट्रिय

सुकुम्बासीलाई दशैंसम्ममा लालपुर्जा दिने मन्त्री लम्सालको दाबी

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०४, २०८३  | बिहान ९:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रूपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्बासीले लालपुर्जा पाउने दाबी गर्दै अहिले आन्दोलन गर्नु आवश्यक नरहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रूपन्देही–१ का मतदातासँग संवाद गर्दै उनले कसैको उक्साहटमा आन्दोलनमा सहभागी नहुन आग्रह गरे । मन्त्री लम्सालले सरकार गफभन्दा काममा विश्वास गर्ने टोली भएको उल्लेख गर्दै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाटै योजना अघि बढाइएको बताए ।

बिज्ञापन

उनका अनुसार समस्या समाधानका लागि पाँच वटा कार्ययोजना बनाइएको छ भने १०० दिनभित्र पूरा गर्ने गरी स्पष्ट समयसीमा तय गरेर काम भइरहेको छ ।

काठमाडौँको सुकुम्बासी समस्या भने अन्य ठाउँभन्दा फरक रहेको उल्लेख गर्दै उनले वर्षायाममा जनधनको क्षति भएकाले त्यहाँका प्रभावितलाई तत्काल वैकल्पिक व्यवस्था आवश्यक परेको बताए ।

मन्त्री लम्सालले सरकारले तय गरेको कार्यशैलीअनुसार तीव्र गतिमा काम भइरहेको दोहोर्याउँदै दशैँसम्म सबै सुकुम्बासीले पुर्जा पाउने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka