Premier Cables
Premier Steel

कोशी प्रदेश

ग्रामथान गाउँपालिका अध्यक्षकै उपस्थितिमा ‘भरौटे’बाट पत्रकारमाथि धम्की, पत्रकार महासङ्घद्वारा कार्बाहीकाे माग

प्रजिअको ध्यानाकर्षण

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | साँझ ७:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा समाचार संकलनका क्रममा पत्रकारमाथि भएको धम्कीपूर्ण व्यवहारको विरोधमा प्रशासन समक्ष ज्ञापनपत्र बुझाइएको छ।

नदीजन्य सामग्रीको अवैध उत्खनन् सम्बन्धी समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई उत्खननमा संलग्न समूहले ज्यान मार्ने धम्की दिएको घटनापछि यो कदम चालिएको हो।

बिज्ञापन

नेपाल पत्रकार महासंघको कोशी प्रदेश र मोरङ शाखाका प्रतिनिधिहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले पत्रकारहरूको सुरक्षामा गम्भीर ध्यान दिन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

पत्रकारहरूले दिएको जानकारी अनुसार, ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीकै उपस्थितिमा उत्खननकर्ताहरूले धम्की दिएका थिए। तर, स्थिति नियन्त्रणमा लिनुको सट्टा अध्यक्ष माझी मौन बसेको तथा विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाइएको छ। ज्ञापनपत्रमा अध्यक्षकै संलग्नतामा ‘भरौटे’ प्रयोग गरी पत्रकारलाई तर्साउने प्रयास भएको उल्लेख गरिएको छ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले जनप्रतिनिधिबाटै पत्रकारमाथि यस्तो व्यवहार हुनु गम्भीर विषय भएको बताए। यस्तै, मोरङ शाखाका सचिव नेत्र पी अधिकारीले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न र पत्रकारको सुरक्षामा प्रशासनले भूमिका खेल्नुपर्ने बताएका छन्।

प्रमुख जिल्ला अधिकारी कट्टेलले घटनाबारे ग्रामथान अध्यक्षसँग सोधपुछ गर्ने आश्वासन दिएका छन्। साथै, प्राकृतिक स्रोतको दुरुपयोग सम्बन्धी विषयमा छानबिन भइरहेको जानकारी पनि उनले दिए।

मंगलबार ग्रामथान–४ स्थित लोहन्द्रा खोलामा समाचार संकलनका क्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलाई नौ जनाको समूहले धम्की दिएको थियो। पत्रकार महासंघ मोरङका सदस्यहरूका अनुसार, अध्यक्ष माझी स्वयं उपस्थित हुँदा पनि पत्रकारमाथि हातपातको प्रयास रोक्न कुनै पहल नगरी उल्टै उग्र अभिव्यक्ति दिएका थिए।

पत्रकारहरूले घटनाले आफ्नो मनोबल घटाएको भन्दै सुरक्षित वातावरणमा रिपोर्टिङ गर्न पाउने सुनिश्चितता गरिदिन प्रशासनसँग माग गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka