Premier Cables
Premier Steel

विराटनगर समाचार

ग्रामथान गाउँपालिकामा फेरि लफडा : अध्यक्षको निर्णयविरुद्ध उपाध्यक्षद्वारा रिट दायर

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | अपराह्न १२:४७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको विवाद फेरि अदालतको ढोकामा पुगेको छ।

गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीविरुद्ध उपाध्यक्ष गुणवतीदेवी थारुले उच्च अदालत विराटनगरमा रिट निवेदन दायर गरेकी छन्।

बिज्ञापन

उपाध्यक्ष थारुले सोमबार दर्ता गरेको रिटमा मंगलबार न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासमा सुनुवाइ भएको थियो। अदालतले अध्यक्ष माझीलाई “कारण देखाउ आदेश” जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

उपाध्यक्ष थारुका अनुसार जेठ २ गते बसेको गाउँ कार्यपालिकाको बैठकमा विवाद उत्पन्न भएपछि अध्यक्ष माझी बैठक छाडेर बाहिरिएका थिए। तर, उनले सोही बैठकमा उपस्थित देखाएर एकल रूपमा ११ वटा निर्णय गरेको दाबी छ।

‘बैठकमा विवाद भएपछि अध्यक्ष बाहिरिएका थिए। हामीले निर्णय मान्य नहुने भन्दै माइन्यूटमा टिप्पणी सहित हस्ताक्षर गरेर बैठक छोड्यौं,’ थारुले भनिन्, ‘तर अध्यक्षले त्यसपछि उपस्थितीको आधार देखाएर अवैधानिक रूपमा ११ निर्णय गरे।’

उपाध्यक्ष थारुले यस्ता एकल निर्णय गैरकानुनी भएको दाबी गर्दै आफू अदालत जान बाध्य भएको बताएकी छन्। अहिले ग्रामथान गाउँपालिकामा कार्यपालिका भित्रको आन्तरिक द्वन्द्व फेरि चुलिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka