Premier Cables
Premier Steel

समाचार

ग्रामथान गाउँपालिकाले निजी जग्गामा उत्खनन गरेपछि प्रशासनले सोध्यो स्पष्टीकरण

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | राती ९:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ग्रामथान गाउँपालिकामा स्थानीयको निजी जग्गासमेत समेटेर अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने उजुरीपछि जिल्ला प्रशासन कार्यालय मोरङले गाउँपालिकासँग स्पष्टीकरण मागेको छ।

प्रशासनले पत्राचार गर्दै उत्खननसम्बन्धी सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो। श्री महालक्ष्मी समाज सेवा संस्थाले सिंघिया र लोहन्द्रा खोलामा अत्यधिक उत्खनन भइरहेको भन्दै उजुरी दर्ता गरेपछि प्रशासनले यसबारे चासो देखाएको हो।

बिज्ञापन

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पठाएको पत्रमा कुन कानुनी आधारमा उत्खनन गर्न अनुमति दिइएको हो, कहाँ–कहाँ ठेक्का बन्दोबस्त गरिएको छ, र स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन अनुसार काम भए/नभएको पुष्टि गर्ने प्राविधिक प्रतिवेदन पेश गर्न भनिएको छ।

त्यसैगरी, खोलाको आसपास नदीजन्य पदार्थ थुपारिएको भन्ने विषयमा पनि गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ। स्थानीय बासिन्दाहरूले निजी जग्गामा समेत उत्खनन हुँदा खोलाको धार परिवर्तन भई बस्ती जोखिममा पर्न सक्ने गुनासो गरेका छन्।

प्रशासनले निजी जग्गाबाट उत्खनन गर्न अनुमति दिइएको छ वा छैन भन्ने विषयमा समेत स्पष्ट पार्न भनेको छ। मापदण्डविपरीत ठूला मेसिन प्रयोग, तोकिएको क्षेत्रभन्दा बढी उत्खनन, तथा वातावरणीय प्रभाव मूल्यांकनको दुरुपयोग गरिएको आरोपसहित उजुरी परेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka