नोट: यो समाचार १ महिना अघिको हो
फायल फोटो
काठमाडौं । आज (चैत २१) देशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी तराई क्षेत्रका भूभागमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ।
महाशाखाले रातिको समयमा मधेस र लुम्बिनी प्रदेशका केही जिल्लामा अझै तीव्र हावाहुरी चल्न सक्ने जनाएको छ। ती क्षेत्रहरूमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ।
शनिबार बिहान जारी सूचनाअनुसार मधेस प्रदेश र लुम्बिनी प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा यस्तो मौसमको प्रभाव देखिन सक्ने उल्लेख गरिएको छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
