काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय सच्याउन सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ ।
शुक्रबार (चैत २०) काठमाडौंमा सरोकारवालासँग भएको छलफलपछि महासंघले उक्त निर्णय सच्याउन सरकारलाई तीन दिनको समय दिने निर्णय गरेको हो ।
महासंघले उक्त परिपत्रको विरोधमा विभिन्न सरोकारवालासँग छलफल गरेको जनाएको छ
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रमार्फत सरकारी विज्ञापन र सूचना सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।
छलफलमा सहभागीहरूले सरकारको यो कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले यस्तो निर्णयले निजी सञ्चारमाध्यमलाई प्रत्यक्ष असर पार्ने भएकाले सच्याउन आवश्यक रहेको बताइन् । साथै, यस विषयमा सरकारसँग संवादलाई पनि सँगसँगै अघि बढाइने उनले स्पष्ट पारिन् ।
महासंघले उक्त परिपत्रको विरोधमा विभिन्न सरोकारवालासँग छलफल गरेको जनाएको छ ।
