Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्री सुदन गुरुङ सोफामा सुतेको फोटो भाईरल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ११:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सुदन गुरुङले सामाजिक सञ्जालमार्फत आफू सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै विश्राम गरिरहेको देखिने उक्त तस्वीर उनले फेसबुकमा साझा गरेका हुन् ।

फोटोसँगै उनले ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन’ भन्ने सन्देशसमेत लेखेका छन् । तस्वीरमा उनी सिरक ओढेर सोफामा सुतेको अवस्थामा देखिन्छन् ।

बिज्ञापन

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनी काममा सक्रिय देखिएका छन् ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा कारबाही सिफारिसमा परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयदेखि प्रहरी कार्यालयहरूको अनुगमन, विवादित व्यापारी तथा सरकारी निकायमा सक्रिय बिचौलियामाथि नियन्त्रणका लागि निर्देशन दिनेसम्मका गतिविधिमा उनी सक्रिय रहेको देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka