काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै जेनजी समूहका प्रतिनिधि सुदन गुरुङले प्रहरी परिसरमा दिन गएको जाहेरी दर्ता भएन ।
सोमबार बेलुका उनी प्रहरी परिसर काठमाडौंमा जाहेरी लिएर पुगेका थिए ।
एक प्रहरीले दिएको जानकारीअनुसार सुदन गुरुङ जाहेरी लिएर दर्ताका लागि पुगेका थिए । तर प्रहरीले दर्ता गर्न मानेन । प्रहरीले सरकारको लिखित आदेशपछि मात्रै जाहेरी दर्ता गर्ने अडान राखेको थियो ।
अहिले उजुरी दर्ता गरेर अघि बढ्दा झनै मुठभेड निम्त्याउनु भएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको ती अधिकारीले जानकारी दिए ।
गुरूङसहितको टोलीले त्यसअघि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि भेटेको थियो । प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि काम गरिरहेको भन्दै अहिले त्यसको प्रतिवेदन नआउन्जेल जाहेरी दर्ता नहुने जनाएको थियो ।
गुरुङले त्यसअघि सामाजिक सञ्जालमा ‘एरेष्ट केपी ओली’ ‘एरेष्ट रमेश लेखक’ अभियान चलाएका थिए ।
