Premier Cables
Premier Steel

कोशी प्रदेश

रंगेलीको संसारी मन्दिरमा दैनिक डेढ सय बोका बली

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines

रंगेली । सांसारी मन्दिर मोरङको रंगेलीमा अवस्थित छ । त्यहाँ नेपालीसँगै भारतीय भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

यो मन्दिर नेपालीका लागि मात्र नभएर भारतीय भक्तजनको लागि पनि उत्तिकै श्रद्धास्थल बनेको छ । भाकल गरेको कुरा पूरा भएपछि बली दिने गरिन्छ । पछिल्ला सात वर्षयता भने माता संसारीलाई भाकल गर्ने क्रम बढेको छ । दैनिक पाँच हजार भक्तजन आउने गर्छन । यहाँ बोका चढाउने र बली दिने चलन छ ।

बिज्ञापन

dps ad

शनिबार र मंगलबार यहाँ धेरै बली दिने गरिएको मन्दिरका पूजारीले बताएका छन् । हप्तामा सातसय भन्दा बढी बोकाको बली संसारी मातालाई दिइन्छ । त्यो प्रसाद बाहिर लग्न मिल्दैन् । त्यहीँ नदी किनारमै भक्तजनले प्रसाद ग्रहण गर्छन । नजिकैको चिसाङ खोला कटाएर प्रसाद बाहिर लग्नु हुँदैन भन्ने मान्यता छ ।

सन्तान प्राप्ति, स्वास्थ्य लाभ र अरोग्यका लागि माता समक्ष भाकल गरिन्छ । त्यो पूरा भएपछि बली दिने गरिन्छ । कोसी प्रदेश सरकारले यो मन्दिरलाई कोसी प्रदेशस्तरीय बनाएको छ । दशैंमा फुलपाती बढाई हुन्छ । काबराको रुखमुनि माताको प्रतिमा स्थापना गरिएको छ । काबराको रुखमुनि मन्दिर छ । श्रद्धापूर्वक पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने विश्वाससाथ भक्तजन त्यहाँ पुग्छन् ।

दैनिक हज्जारौंको संख्यामा भारतीय भक्तजन रंगेली आउँछन । बिहार, पश्चिम बंगाल र उत्तरप्रदेशबाट समेत भक्तजन संसारी पुग्छन् ।

मन्दिरभित्र घेराबारा गरी भक्तजनको लागि विश्रामस्थल समेत बनाइएको छ । बिहानैदेखि बली दिने गरिन्छ । पौने १२ बजे मन्दिर बन्द हुन्छ । फेरि ३ बजे यो बली दिने क्रम शुरु हुन्छ । कबला गर्नेहरुले बली दिएको प्रसाद आपसमै बाँडेर खाने गर्छन । एकादशीमा भने संसारी मन्दिरमा बली दिइँदैन ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka