Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ क्षेत्र नम्बर-४ बाट रास्वपाका सन्तोष राजवंशी निर्वाचित

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ७:३६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार (फागुन २१) सम्पन्न निर्वाचनको शनिबार (फागुन २३) बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामानुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचन अधिकृत कार्यालय क्षेत्र नम्बर–४ का अनुसार, उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अमनलाल मोदीले १० हजार ७६, नेकपा (एमाले)का जीवन घिमिरेले ६ हजार ९३३ मत प्राप्त गरे ।

उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी कुल १९ प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka