Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रहरी नायव उपरीक्षक मदन के.सी. सर्वोत्कृष्ट प्रहरी

Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ५:२७ बजे

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी.लाई २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषणा गरेको छ।

विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेबापत उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी नायव उपरीक्षक के.सी.ले ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेमा ७४ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्र माया राईको २०८२ साल माघ १३ गते कोदालो प्रहार गरी हत्या गरी सुनका गरगहना तथा नगद लुटी फरार भएको घटनाको अनुसन्धानमा नेतृत्व गरेका थिए। अनुसन्धानका क्रममा घटनामा संलग्न दुई जनालाई काठमाडौँ महानगरपालिका–१५ बाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरिएको थियो।

त्यसैगरी, २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गाविस–२ का ४३ वर्षीय छविलाल कार्कीको हत्या गरी फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि २०८२ साल माघ १७ गते पक्राउ गर्न सफल भएका थिए। साथै, २०८२ साल मंसिर २८ गते खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याइएको थियो।

उक्त महत्वपूर्ण घटनाहरूको सफल अनुसन्धान तथा दोषीलाई कानूनी कठघरामा ल्याई जनमानसमा शान्ति–सुरक्षाको अनुभूति गराउने कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी नायव उपरीक्षक मदन के.सी.लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka