Premier Cables
Premier Steel

कोशी प्रदेश

प्रहरी निरीक्षक पराजुलीलाई दर्ज्यानी चिन्ह प्रदान

डीआईजी कार्कीले र्ज्यानी चिन्ह लगाई पदोन्नति गरे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | अपराह्न २:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत तथा कर्मचारी प्रशासन शाखाको सिफारिसअनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका शेरबहादुर पराजुलीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पराजुलीलाई दर्ज्यानी चिन्ह लगाई पदोन्नति गरे ।

बिज्ञापन

कार्यक्रमका दौरान डीआईजी कार्कीले पराजुलीलाई पदोन्नतिको बधाई तथा शुभकामना दिँदै, नयाँ जिम्मेवारीलाई इमानदारिता, प्रतिबद्धता र ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गणका गणप्रमुख प्रहरी उपरीक्षक (एसपी) रुकेश तण्डुकार, प्रहरी उपरीक्षक )आर्थिक प्रशासन) हरी डंगोल, पदोन्नति प्राप्त पराजुलीका परिवारका सदस्यहरू, वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृतहरू, तथा प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka