Premier Cables
Premier Steel

शेयर बजार

साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ४:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन बुधबार बढेको नेप्से आज घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ।

बिज्ञापन

बुधबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यो लघुवित्तको शेयरमूल्य १ हजार ४८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक मात्र बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka