Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा इन्ट्रा-डे कारोबार प्रणाली लागू गर्ने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन ०७, २०८२  | राती ९:२९ बजे

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अब इन्ट्रा–डे कारोबार प्रणाली लागू गर्ने भएको छ ।

बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यसबारे स्पष्ट व्यवस्था गरिएको छ ।

बिज्ञापन

इन्ट्रा–डे कारोबार भन्नाले एउटै सेयर एकै दिन भित्र पटक–पटक किनबेच गर्न सकिने प्रणालीलाई जनाइन्छ ।

हालको व्यवस्था अनुसार, एक पटक सेयर खरिद गरिसकेपछि ती सेयर सम्बन्धित लगानीकर्ताको खातामा जम्मा नहुँदासम्म फेरि कारोबार गर्न मिल्दैन ।

हाल नेपालमा ‘टिप्लसटू प्रणाली लागू छ, जसअनुसार सेयर किनबेच भएपछि दुई कार्यदिनमा मात्र ती सेयरको राफसाफ हुन्छ । तर, इन्ट्रा–डे कारोबार प्रणाली लागू भएपछि लगानीकर्ताले दिनभरमा किनेका र बेचेका सेयरमध्ये केवल अन्तिममा बाँकी रहेको सेयरको मात्रै भुक्तानी गर्नुपर्नेछ ।

बोर्डको यो निर्णयले सेयर बजारमा तरलता बढाउने, लगानीकर्तालाई छोटो अवधिमा पनि कारोबार गर्न सहज हुने, तथा बजारको दैनिकी चलायमान हुने अपेक्षा गरिएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka