Premier Cables
Premier Steel

विराटनगर

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवर्द्धन गोष्ठी

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, पुष १४, २०८२  | राती ९:०१ बजे

विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ ।

महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा विराटनगर–१९ मा सम्पन्न गोष्ठीमा बाख्रा, गाईलगायत चौपायामा रोग सर्न नदिन अपनाउनुपर्ने जैविक सुरक्षाका उपायबारे छलफल गरिएको हो ।

कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले पशुपालक कृषकका लागि यस्ता गोष्ठी व्यवहारिक र उपयोगी हुने बताए । उनले जैविक सुरक्षा अपनाउँदा पशुमा रोगको जोखिम घट्ने, उत्पादन लागत कम हुने र आम्दानी बढ्ने भएकाले कृषकले दैनिक अभ्यासमा उतार्नुपर्नेमा जोड दिए ।

आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौलाले महानगरले कृषक लक्षित तालिम, प्रविधि हस्तान्तरण तथा उन्नत जातका बिउ–विजन वितरण गर्दै आएको जानकारी दिए । उनका अनुसार पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यले महानगरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।

कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै जैविक सुरक्षा पशु स्वास्थ्य मात्र नभई सार्वजनिक स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरे ।

पशु सेवा विज्ञ केन्द्र विराटनगरका प्रमुख डा. अजयकुमार साहले प्रस्तुत गरेको कार्यपत्रमा फार्ममा सरसफाइ, बाह्य व्यक्तिको नियन्त्रण, खोप तथा नियमित स्वास्थ्य परीक्षणजस्ता जैविक सुरक्षाका उपाय अपनाउँदा पशुजन्य रोगको जोखिम उल्लेख्य रूपमा घट्ने बताइएको थियो ।

गोष्ठीमा ५० जना पशुपालक कृषकको सहभागिता रहेको थियो । सहभागी कृषकहरूले जैविक सुरक्षासम्बन्धी ज्ञानले पशुपालनलाई सुरक्षित र नाफामूलक बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka