Premier Cables

विराटनगर

विराटनगरमा कुकुर बन्ध्याकरण गर्दा सहाराको गम्भीर लापरबाही

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ ।

बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

विज्ञापन

विस्कुट र सामान्य हड्डी मात्रै दिएर शल्यक्रिया गरेको दुई तीन घण्टामै पठाउने गरेको पाइएको छ,’ यादवले भने । उनका अनुसार सहाराले जुन ठाउँबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएको हो बन्ध्याकरणपछि सोही स्थानमा लगेर छाड्नुपर्नेमा अन्यत्रै लगेर छाड्ने गरेको छ ।

सहाराले फोहोर व्यवस्थापन पनि पनि गम्भीर लापरबाही गर्ने गरेको उनको भनाइ छ । सहाराको नियन्त्रणमा रहेका तीनवटा कुकुरको मरेपछि कम्पाउण्डभन्दा बाहिर फ्यालेको र स्थानीयले विरोध गरेपछि पुनः कम्पाउण्डभित्रै खाल्डो खनेर पुरेको यादवले बताए ।

बन्ध्याकरण गरिसकेपछि भित्री अरगेन्स (पार्ट) कम्पाउण्डभित्रै जलाएर दुर्गन्धित बनाएको भनेर स्थानीयबाट महानगरमा थुप्रै गुनासो आएको पशुपंक्षी शाखा प्रमुख यादवले उल्लेख गरे । यस विषयमा जानकारी लिन सहारा एनिमल केयर सेन्टरकी संस्थापक डा. रश्मी थापासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka