Premier Cables
Premier Steel

अपराध

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी, मोरङमा प्रहरीद्वारा ५२१ केजी बरामद

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङमा प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद भएको छ।

आइतबार राति करिब ११ बजे केराबारी गाउँपालिका–५ लाफा टोलमा गाँजा बोकेको एम्बुलेन्स रोक्न खोज्दा प्रहरीले हवाई फायर गर्नुपरेको हो। त्यसपछि एम्बुलेन्ससहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बिज्ञापन

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्सबाट गाँजा निकालेर तौल गर्दा ५ सय २१ किलो फेला परेको हो। एम्बुलेन्सभित्र १६ वटा पोकामा लुकाइछिपाइ गाँजा राखिएको अवस्थामा बरामद गरिएको उनले बताए। प्रारम्भिक अनुसन्धानबाट लागुऔषध ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको पुष्टि भएको छ।

धनकुटाबाट मोरङतर्फ गाँजा ल्याइँदैछ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीबाट संयुक्त टोली परिचालन गरिएको थियो। प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स शंकास्पद रूपमा आउँदै गर्दा रोक्न खोज्दा त्यसमा सवार व्यक्ति भाग्न खोजेपछि असई फजिन्द्र तोलाङ्गीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए।

प्रहरीले भाग्न खोजेका एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बूलाई पक्राउ गरेको छ।

उक्त एम्बुलेन्स धनकुटाको सहिदभूमि गाउँपालिका–१ खाल्सा–छिन्ताङस्थित सूर्यबहादुर थापा प्रतिष्ठानको नाममा दर्ता रहेको खुलेको छ। बरामद गाँजा, एम्बुलेन्स र पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka