Premier Cables
Premier Steel

अपराध

धरानमा डेढ क्विन्टल गाँजासहित तीन जना पक्राउ

Calendar आइतबार, मंसिर २१, २०८२  | अपराह्न २:५६ बजे

सुनसरी । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे। १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka