Premier Cables
Premier Steel

मौसम

पश्चिमी बायुको प्रभावः तराईका धेरै स्थानमा चिसो र बाक्लो हुस्सु

Calendar सोमबार, पुष १४, २०८२  | बिहान ११:२१ बजे

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

महाशाखाका अनुसार सोमबार दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ, जसका कारण जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ । देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायम रहनेछ । पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुने र तापक्रममा पनि गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka