Premier Cables
Premier Steel

मौसम

पश्चिमी बायुको प्रभावः तराईका धेरै स्थानमा चिसो र बाक्लो हुस्सु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण तराईका धेरै स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

महाशाखाका अनुसार सोमबार दिउँसो तराई क्षेत्रका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ, जसका कारण जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ । देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

रातिको समयमा पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायम रहनेछ । पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
हुस्सु र कुहिरोका कारण दृश्यात्मकता कम हुने र तापक्रममा पनि गिरावट आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka