Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचक २६०० माथि उक्लियो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष १३, २०८२  | अपराह्न ३:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोारो अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.८३ प्रतिशत अर्थात ४७.५५ अंकले बढेर २ हजार ६३३.४२ विन्दुमा पुगेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८४ प्रतिशतले बढेर ४४६.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ५७ कित्ता सेयर ५ अर्ब ३६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘केही समययता बढ्न नसकेको बजारमा आज ४७ अंकको बृद्धि देखिएको छ ।

आजको बजार बढ्नुको मुख्य कारण भनेको नेपालको राजनीतिक विषय हो । अहिलेको पूँजीबजारले विशेषतः चुनावी माहोल र समयमै चुनाव खोजिरहेको छ । नेपालका ठूलो तीन दलका नेताहरुले प्रधानमन्त्रीसँग भेटवार्ता गरी चुनाव गर्न तयार रहेको भाव व्यक्त गरेका छन् । यो कुरा नेपाली सेयरबजारका लागि साच्चिकै प्लसपोइन्ट ।

साथै आजमात्रै बालेन साह र रवि लामिछानेबीच भएको सहमतिले पनि सिँगो नेपाललाई यतिबेला तरंगित बनाएको छ ।’

उनले थपे, ‘अब नेपालमा राजनीतिक माहोल राम्रो बन्न सक्ने छनम आम लगानीकर्ताहरुले पाइसकेका छन् र मनोबल पनि बढ्न थालेको छ । यसैको परिणाम हो आजको मार्केट । सेयरबजार बढाउने थुप्रै सकारात्मक आधारहरु छन् । अबका दिनमा राजनीतिक माहोल पनि राम्रै बन्दै जाने हो भने सेयरबजार विस्तारै बढ्दै जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.७० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.६६, विकास बैंक २.२८, होटल १.३८, हाईड्रो १.९७, लगानी १.९९, जीवन बीमा १.९२, उत्पादन तथा प्रशोधन १.८७, लघुवित्त १.३८, म्युचुअल फण्ड ०.९४, निर्जीवन बीमा १.७०, अन्य २.५५ र व्यापार समूह ०.७२ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka